• शुक्रबार-श्रावण-१६-२०८२

पहिरोले कालीगण्डकी सडक अवरुद्ध

 

गुल्मी, १५ साउन : पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । 

 

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । पहिरो पन्छाउने प्रयास जारी छ । 
–––

 

 

प्रतिकृया दिनुहोस