• मंगलबार-श्रावण-२०-२०८२

शर्मिला वाइबा पोखराबाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै

 

काठमाडौं, २० साउन । शर्मिला वाइबा पुनः पक्राउ परेकी छिन् । मंगलबार पोखराको लेकसाइडबाट पक्राउ उनलाई पक्राउ गरिएको हो ।


साइबर अपराधसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पछि सोही आधारमा उनी पक्राउ परेकी हुन् ।

 

उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बुझिएको छ । वाइबालाई म्याद थप र अनुसन्धानको लागि काठमाडौं ल्याइँदै छ ।

 

 

प्रतिकृया दिनुहोस