• मंगलबार-श्रावण-२०-२०८२

दुर्घटना सूचना प्रवाहमा नयाँ युगः नारायणघाट–नागढुङ्गा खण्डमा ‘IoT’ आधारित चेतावनी प्रणाली सञ्चालन

काठमाडाैं । सशस्त्र प्रहरी बलकाे सक्रियताले अब  नारायणघाटदेखि नागढुङ्गासम्मका सडक खण्डमा कुनै घटना वा दुर्घटना भए तत्कालै सुरक्षा निकायलाई सूचना पुग्ने     प्रविधि जडान गरिएकाे छ । सशस्त्र प्रहरी बल, नेपाल र लुना जिपिएस कम्पनीको सहकार्यमा पहिलो चरणमा चितवनको भरतपुर–२९ सिमलताल र धादिङको वेनीघाट रोराङ–७ चराैंदीमा ‘Internet of Things’ (IoT) प्रविधिमा आधारित विशेष इलेक्ट्रिक डिभाइस जडान गरिएको छ ।

 

 

एपमा रहेको ‘SOS’ बटनमा क्लिक गरेपछि एम्बुलेन्स, बाढी–पहिरो, आगलागी र सडक दुर्घटनाका अप्सन देखिने छन् । सम्बन्धित घटना रोजी जानकारी पठाउँदा, विवरणसहित तुरुन्तै तालिम शिक्षालयमा सूचना पुग्नेछ । एप अफलाइन मोडमा पनि प्रयोग गर्न सकिने भएकाले नेटवर्क नहुँदा पनि सूचना पठाउन सकिने सुविधा छ ।

यी स्थानहरू बढी दुर्घटना सम्भावित बिन्दु भएकाले प्रारम्भिक परीक्षणको रूपमा यो प्रणाली सञ्चालनमा ल्याइएको हो । कुनै घटना वा दुर्घटना भएमा नजिकैका स्थानीयवासी वा घटनाबारे जानकारी पाउने जो–कोहीले डिभाइसमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिचेपछि, कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालिम शिक्षालयमा सायरन बज्नेछ र लोकेशनसहितको विवरण मोनिटरमा देखिनेछ । यसपछि तत्काल उद्धारका लागि सुरक्षाकर्मी परिचालन हुनेछन् ।

 

स्थानीयलाई डिभाइस प्रयोगबारे जानकारी र प्रशिक्षण पनि दिइएको छ । यससँगै नारायणघाट–नागढुङ्गा खण्डका बासिन्दा वा यात्रुले आफ्ना मोबाइलमा लुना जिपिएसको एप डाउनलोड गरेर पनि दुर्घटनाबारे सूचना पठाउन सक्नेछन् ।

 

एपमा रहेको ‘SOS’ बटनमा क्लिक गरेपछि एम्बुलेन्स, बाढी–पहिरो, आगलागी र सडक दुर्घटनाका अप्सन देखिने छन् । सम्बन्धित घटना रोजी जानकारी पठाउँदा, विवरणसहित तुरुन्तै तालिम शिक्षालयमा सूचना पुग्नेछ । एप अफलाइन मोडमा पनि प्रयोग गर्न सकिने भएकाले नेटवर्क नहुँदा पनि सूचना पठाउन सकिने सुविधा छ ।

 

सडक सुरक्षामा प्रविधिको यो प्रयोगबाट दुर्घटना तथा विपद्मा तत्काल उद्धार र राहत कार्यको प्रभावकारिता उल्लेख्य रूपमा बढ्ने विश्वास गरिएको छ । परीक्षण सफल भएमा नारायणघाट–नागढुङ्गा खण्डभरिको संवेदनशील बिन्दुमा यस्ता डिभाइस थपिने र अन्य क्षेत्रमै विस्तार गर्ने योजना रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिकृया दिनुहोस