• मंगलबार-श्रावण-२०-२०८२

विद्यालय जान घरबाट निस्किएका एकै वडाका तीन किशोरी बेपत्ता

 

दमौली (तनहुँ), २० साउन : तनहुँको भानु नगरपालिकाबाट एकैदिन तीन किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुने तीनै जना भानु नगरपालिका–२ भकुन्थोक निवासी रहेका छन् ।

 

बेपत्ता हुनेमा १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार रहेका छन् । सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरू विद्यालय नगई बेपत्ता भएका हुन् । 

 

सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजीका लागि निवेदन दिएका छन् । उनीहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । उनीहरूको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ ।
---

 

 

प्रतिकृया दिनुहोस