• बिहीबार-श्रावण-२९-२०८२

राससलाई मिडिया अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने : अध्यक्ष झा

 

काठमाडौँ, २८ साउन : राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई मिडिया अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक/वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडिएसी) बैठकमा उहाँले राससलाई मिडिया अनुसन्धान केन्द्रका रुपमा विकास गर्न पुस्तकालय व्यवस्थित गर्ने तयारी गरिएको बताउनुभयो । यसका लागि मिडियासँग सम्बन्धित पुस्तक सङ्कलन गर्ने र पुस्तकालय व्यवस्थित गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

रासस आफैँले पुस्तक किन्नसक्ने अवस्था नभएकाले मिडियासँग सम्बन्धित पुस्तक भएमा उपहारस्वरुप उपलब्ध गराएर सहयोग गर्न उहाँले आह्वान गर्नुभयो । “राष्ट्रिय समाचार समितिले लामो इतिहास बोकेको छ र यसले पत्रकारिताको इतिहास दस्तावेजीकरण गर्दैछ”, अध्यक्ष झाले भन्नुभयो ।---

 

 

प्रतिकृया दिनुहोस