काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सूचना तथा प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि बिचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नेछन् ।
साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पति भएको पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिकृया दिनुहोस