• शुक्रबार-श्रावण-३०-२०८२

हिन्दूलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर ‘गुण्डा’ नामक इरसाद खान प क्राउ

 

जनकपुर । समाजिक सञ्जाल टिकटकमा हिन्दूहरुलाई गाली गलोज र धम्की दिने भिडियो बनाउँदै आएका जनकपुरधामका टिकटकर इरसाद खान पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई बिहीबार पक्राउ गरेको हो । उनले ‘गुण्डा’ नाम गरेको टिकटक आईडी बनाएर खुलेआम हिन्दूहरुलाई गाली गर्नुका साथै मार्ने धम्की दिँदै आएका थिए ।  


जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का समिम खानका २३ बर्षीय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए ।
खानले विदेशमा हुँदा समेत हिन्दू धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैरसमाजिक वक्तव्य दिने जस्ता छाडा गतिविधि गर्दै आएका थिए ।


 

प्रतिकृया दिनुहोस