• आइतबार-भदौ-१-२०८२

चन्द्रनहरमा डुबेर एक जनाको मृ त्यु

 

राजविराज (सप्तरी), ३१ साउन : जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ । कञ्चनरुप–७ बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  । 

 

चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैनभने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ । 
---

 

 

प्रतिकृया दिनुहोस