• सोमबार-भदौ-१६-२०८२

पिएसजीकाे लगतार तेस्राे जित, जोआओ नेभेसको ह्याट्रिक

 

काठमाडौं, १५ भदाै । पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार टोलोजविरुद्ध ६-३ को सहज जित दर्ता गरेको छ ।

 

लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको पिएसजी शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको टोलोज समान खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।

 

पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन नेभेसले ह्याट्रिक गर्दा ओस्माने डेम्बेलेले दुई तथा ब्राडली बार्कोलाले एक गोल थपे । टोलोसका लागि चार्ली क्रेसवेल, यान गबोहो, एलेक्सिस वोसाहले गोल फर्काए । खेलकोसातौं मिनेटमा नेभेसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । दुई मिनेटपछि नै बार्कोलाले टोलीको अग्रता दोब्बर बनाए ।

 

नेभेसले १४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ३१औं मिनेटमा डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दा पिएसजी ४-० ले अगाडि बढ्यो । क्रेसवेलले ३७औं मिनेटमा टोलोजका लागि पहिलो गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन कासेरेस जुनियर पेनाल्टीमा चुक्दा टोलोजले गोल अन्तर कम गर्ने अवसर गुमाए ।

 

डेम्बेलेले ५१औं मिनेटमा पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ७८औं मिनेटमा नेभेसले ह्याट्रिक पूरा गरे । गबोहोले ८९औं मिनेटमा टोलोजका लागि दोस्रो गोल गरे । खेलको इन्जुरी समयमा बोसाहले गोल टोलोजका लागि तेस्रो गोल फर्काए । 

प्रतिकृया दिनुहोस