• शनिबार-भदौ-२१-२०८२

सिटिजन्स बैंकद्वारा लुम्बिनीमा ‘लिडरसिप फर ट्रान्सफर्मेसन’ सेमिनार सम्पन्न

काठमाडौं, भदौ २०, २०८२ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा “Leadership for Transformation in Lumbini : A Seminar on Driving Performance and Regional Excellence” कार्यक्रम सम्पन्न गरेको छ।

सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा, चालु आर्थिक वर्षका प्राथमिकता तथा केन्द्र–प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत अन्तरक्रिया गरिएको बैंकले जनाएको छ।

यसअघि अन्य प्रदेशमा पनि यस्तै प्रकृतिका सेमिनार सम्पन्न गरिएकाले लुम्बिनी प्रदेशमा समेत त्यसैको निरन्तरताका रूपमा कार्यक्रम आयोजना गरिएको हो।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्जा, निक्षेप र खुद ब्याज आम्दानीलगायत सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्न सफल भएको जनाएको छ।

हालै विश्वप्रसिद्ध ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स बैंकले नवीनतम सेवासुविधा विस्तारमा निरन्तर सक्रिय छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “Citizens PhonePay Credit Card” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ।

त्यसैगरी, फ्रिलान्सरहरूलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा ऋच्ल नम्बर सेवा, क्रस–बैंक टेलर सुविधा लगायतका आधुनिक उत्पादन तथा सेवा प्रारम्भ गरिसकेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशैभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ३४ हजार ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रतिकृया दिनुहोस