• मंगलबार-भदौ-२४-२०८२

जेन-जी प्रदर्शनकारी प्रदेशसभा भवनमा प्रवेश गर्न खोजेपछि झडप

 

विराटनगर । जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानैदेखि विराटनगरमा उग्र बनेको छ । 

 

सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो ।

 

प्रदेशसभा भवनभित्र प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप भएको छ । ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले नियन्त्रणका लागि अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रयोग गरिएको जनाएको छ ।

 

कर्फ्यु आदेश तोड्दै प्रदेशसभा सचिवालय अगाडि बढेका युवामाथि प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारी झन् आक्रामक बनेका छन् । निरन्तर नाराबाजी जारी रहेकाले सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ ।

 

विराटनगरका विभिन्न क्षेत्रमा अझै पनि तनाव कायमै छ । यस क्रममा शहरको पुष्पलालको शालिकसमेत तोडफोड गरिएको छ ।
 

 

 

 

प्रतिकृया दिनुहोस