• मंगलबार-भदौ-२४-२०८२

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवा पुस्ताको विश्वास जित्ने कदम चालौं 

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवा पुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गरेकी छिन् । २०८२ भदाै २४ गते मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सरकार, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैलाई मिलेर हालको तनावलाई संवेदनशील ढङ्गले समाधान गर्न र युवा पुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गरेकी हुन् ।


युवा पुस्ता प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ठूलो संख्यामा युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट आफू मर्माहत भएको उनले जनाएकी छिन् ।


 

प्रतिकृया दिनुहोस