• बुधबार-भदौ-२५-२०८२

देशभर साँझ ६ बजेदेखि कर्फ्यु आदेश झन कडा, बाहिर निस्किए कारवाही ः नेपाली सेना


काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज २०८२ भदाै २५ गते (बुधबार) साँझ ६ बजेदेखि कर्फ्यु आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ । पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो ।


सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ ।  

 

नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपिल गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस