सुदूरपश्चिम, २५ भदौ : नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा आवातजावतमा कडाइ गरिएको छ । प्रदेशका मुख्य गौरीफन्टा र गड्डाचौकी सीमानाकामा आवतजावतमा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले कडाइ गरेको हो ।
भारतको आधारकार्ड भएका नागरिकलाई मात्र भारत प्रवेश गर्न दिइएको त्रिनगर प्रहरी चौकीले जानकारी दिएको छ । भारतबाट नेपाल भित्रिने नेपालीलाई भने आवतजावतमा रोक लगाइएको छैन ।
कञ्चनपुरको गड्डाचौकी नाकामा पनि आवतजावतमा कडाइ गरिएको स्थानीय पुष्कर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल फर्किनेलाई दिएको छ, भारत जान चाहनेलाई जान दिइएको छैन ।” उपचारमा जाने बिरामीलाई भने भारततर्फ जान दिइएको छ ।
मङ्गलबारको प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएर भारत जान लागेका कैदीलाई आज बिहान सीमानाकामै रोकेको जनाइएको छ ।
---
प्रतिकृया दिनुहोस