मणिपुर, भारत। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको खुलेर प्रशंसा गर्दै भारत-नेपाल सम्बन्ध र लोकतान्त्रिक मूल्यको महत्वलाई उच्च स्थानमा राखेका छन्।
प्रधानमन्त्री मोदीले २०७२ असोज ३ गतेपछि पहिलाे पल्ट नेपालका प्रधानमन्त्रीकाे हृदय खाेलेर सुशीलाजीको प्रशंसा गर्दै नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्ने क्षमतामा भरोसा व्यक्त गरेका थिए ।
आज, २०८२ भदौ २८ गते भारतको मणिपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले नेपालको आन्दोलनमा सहभागी नवयुवाहरूको विशेष प्रशंसा गरेका छन्। उहाँले भने-“पछिल्ला दुई–तीन दिनदेखि नेपालका युवा युवतीहरूले कडा मेहनत र शुद्धताको भावनाका साथ सडक सफा गर्दै र रंग लगाइरहेका छन्। उनीहरूको सकारात्मक कार्यले नेपालमा नवोदयको स्पष्ट संकेत दिएको छ।”
प्रधानमन्त्री मोदीले सुशीलाजीको आगमनलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा महिला सशक्तिकरणको उत्कृष्ट उदाहरणको रूपमा मूल्याङ्कन गरेका छन्। साथै, उहाँले लोकतान्त्रिक मूल्य र स्थायित्वमा जनताको योगदानको प्रशंसा गर्दै नेपालको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीको यस अभिव्यक्तिले नेपाल-भारत सम्बन्धमा मित्रता र साझा इतिहासको महत्व पुष्टि गर्दै जनतासँगको लोकतान्त्रिक संलग्नतालाई सम्मानको दृष्टिले प्रस्तुत गरेको छ ।
प्रतिकृया दिनुहोस