• सोमबार-भदौ-३०-२०८२

म्यानचेस्टर सिटीसँग युनाइटेडको हार

 

काठमाडौं ।  म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ । एर्लिङ हालान्डले २ गोल गरेपछि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराउँदै  लगातार दुई हारपछि पुनः जितको बाटो समातेको छ ।

 

इत्तिहद स्टेडियममा फिल फोडेनले १८औं मिनेटमा जेरेमी डोकुको क्रसबाट गोल गर्दै खाता खोले । त्यसपछि दोस्रो हाफमा हालान्ड चम्किए । हालान्डले ५३ औं‌ मिनेटमा सुन्दर आक्रमण पूरा गर्दै दोस्रो गोल गरे। त्यसपछि खाली पोस्ट सामना गर्दा बल पोस्टमा ठोकाए पनि, ६८औं मिनेटमा अर्को गोल थप्दै नतिजा सुनिश्चित गरे ।


सिटीका नयाँ गोलरक्षक जियानलुइजी डोनारुमाले ब्रायन म्बेउमोको प्रहार रोके पनि ।‌ युनाइटेड खेलभरि कमजोर देखियो र हारसँगै १४औं स्थानमा झ¥यो। ४ खेलमा‌ युनाइटेडको ४ अंक छ । सिटी ६ अंकसहित आठौं स्थानमा छ ।
 

 

 

प्रतिकृया दिनुहोस