• बुधबार-असोज-१५-२०८२

प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक काठमाडौँबाट प क्राउ

 

काठमाडौँ, असोज । कर्तव्य पालनाका क्रममा सडक सुरक्षा जाँच गरिरहेका प्रहरी कर्मचारीसँग अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सिन्धुली जिल्लाको ग्याङलेख गाउँपालिका–५ घर भई हाल काठमाडौँको बबरमहल बस्ने ३६ वर्षीय नेवाङ्ग तामाङलाई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सार्वजनिक सुरक्षा र कानून पालनामा बाधा पुर्‍याउने गरी प्रहरी कर्मचारीलाई अपमानजनक व्यवहार गर्ने घटनालाई गम्भीरताका साथ लिइएको र यसबारे आवश्यक कारबाही अघि बढाइने प्रहरीको भनाइ छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस