• बुधबार-बैशाख-१२-२०८१

प्रहरीमा लैंगिक विभेद

 

नेपाल प्रहरीभित्रै पुरुष प्रहरीबाट महिला प्रहरी पीडित हुने गरेका छन् । महिला प्रहरी पनि पुरुष सरह तालिम गरेका वा ड्युटीमा खटेका हुन्छन् । तर पनि महिला प्रहरीलाई कार्यथलोमा हिंसाको शिकार हुने गरेका छन् । कार्यथलोमा महिला प्रहरीमाथि हुने गरेको हिंसामा अपशब्द प्रयोग गरेर जथाभावी बोल्नु पनि हो । पुरुष भन्दा महिला प्रहरी नै ड्युटीमा इमान्दारीपूर्वक खट्ने गरेका छन् ।


 सडकमा सिट्ठी फुक्ने ट्राफिक प्रहरी होस् उभिएर वा बाटो–बाटोमा ड्युटी खटेका हुन्, पुरुष भन्दा महिला कुुनै पनि मामलामा कम देखिएका छैनन् । बरु उनीहरू अझ बढी खटेको देखिन्छ ।  तर पनि संगठनभित्र महिलाका सवालमा पुरुष कर्मचारीले बढी कुरा काट्ने, कोही महिलालाई त होच्याएर बोन्ने गरेका छन् । अफिसभित्र ड्युटी बस्दा पनि पुरुष प्रहरीहरू दिउँसै मदिरा पिउने, ड्युटीमा जथाभावी गर्ने र महिला प्रहरीको कुरा काट्ने रिस गर्ने गरेको देखिएको छ ।

 

संविधानमा महिलाको हक अधिकार सुनिश्चित गरिए पनि प्रहरीभित्र त्यस्तो अनुभूति हुन सकेको छैन । निजामतीका महिला कर्मचारीहरू कार्यथलोमा प्रत्यक्ष रुपमा हिंसाको शिकार हुनुपरेको छैन । तर प्रहरीमा भने कार्यथलोमा प्रत्यक्षरुपमै हिंसा सहनुपर्ने बाध्यता छ ।                                                                          –प्रहरी मुख्यालयका प्रहरी महिलाहरू 
 

प्रतिकृया दिनुहोस