• शुक्रबार-चैत-१६-२०८०

महिला उद्यमी मेला हुने

 

चितवन, मङ्सिर ११ । उद्योग वाणिज्य सङ्घ जिल्ला शाखाले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला, २०७६ आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवन अन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो । 

 

महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो । उद्यमशीलता विकासमार्फत् महिलालाई आयआर्जनमा आकर्षित गर्नुका साथै महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रचारप्रसार गर्नमा मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । 
उद्योग वाणिज्य सङ्घको परिसरमा सञ्चालन गर्न लागिएको उक्त मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तुका ३५ कक्ष रहने महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले जानकारी दिनुभयो । 

 

महिला उद्यमी तथा घरेलु, साना तथा लघु उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको उक्त मेलामा चितवन, नवलपरासी, मकवानपुर, धादिङ, कास्कीलगायतका महिला उद्यमीको सहभागिता रहने जनाइएको छ । 

 

उद्योग वाणिज्य सङ्घ–चितवनले महिला उद्यमीको प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा गत असारदेखि चितवन कोसेली घर सञ्चालनमा ल्याएको छ ।

प्रतिकृया दिनुहोस