• बिहीबार-बैशाख-१३-२०८१

ग्लोबल आइएमईको तीन नयाँ शाखा

 

 

मङ्सिर १२ । ग्लोबल आइएमई बैंक लिमिटेडले २०७६ मंसिर ११ गते एकै दिन तीन स्थानबाट आफ्नो तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले डोटीको दिपायल, दोलखाको चरिकोट र रुपन्देहीको भैरहवास्थिति औद्योगिक क्षेत्र परिसरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

 


यी शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या १५३ पुगेको छ । 


ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिकृया दिनुहोस