• शुक्रबार-बैशाख-७-२०८१

रंगविरंग : क्या जोडी ! बेहुला २ फिट, बेहुली ६ फिट

 

जीवनमा हरेक मानिसले कसै न कसैको साथ खोजिरहेकै हुन्छन् । अधिकांश युवायुवतीले आफ्नो साथी आफूसँग जोडी मिल्ने होस् भन्ने चाहन्छन् । तर, यस्तो सोचाईलाई तोड्दै एकजना ६ फिट अग्ली युवतीले २ फिट अग्ला एक पाकिस्तानी युवकसँग बिहे गरेकी छिन् । अझ विचित्रको कुरा त के छ भने यो विवाह प्रेम विवाह हो ।

 

यो विवाह नर्वेको राजधानी ओस्लोमा सम्पन्न भएको छ जसमा १३ देशका नागरिक उपस्थित भएका थिए । बुरहान चिस्ति नाम गरेका २ फिट अग्ला पाकिस्तानी युवकले ६ फिट अग्ली फौजियासँग विवाह गरेका हुन् । चिस्तिलाई मानिसहरू मायाले बाबो भनेर बोलाउने गर्दछन् । बाबो सानैदेखि पोलियोको बिरामी थिए र उनी सानैदेखि ओस्लोमा बस्दै आएका हुन् । फौजिया पाकिस्तानको पञ्जाब प्रान्तकी युवती हुन् । 
 

प्रतिकृया दिनुहोस