• शुक्रबार-बैशाख-७-२०८१

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं, २० मंसिर : गुल्मी, रुरुक्षेत्र गाउँपालिका बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका-४ खानीडाँडा बस्ने ४१ वर्षीय भोज बहादुर सार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सार्कीले बालिकालाई सोही ठाउँमा रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


मकवानपुर, मनहरी गाउँपालिका बस्ने ६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मनहरी गाउँपालिका-९ बस्ने ३८ वर्षीय श्यामकृण्ण थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस