सडक पाइलटसँग अन्तरंग : गाडीलाइनमा गाँजा खानेहरू बढे : सुमन चौलागाईं
(संघर्ष गर्नेलाई थाहा हुन्छ संघर्षको महत्व । तब त बल्ल पुगिन्छ आफूले सोचेको ठाउँमा । त्यही आफूले सोचेको स्थानमा पुगेको अनुभूति गर्छन् सडक पाइटल सुमन चौलागाई । रामेछापका २५ वर्षीय सुमन सानै उमेरदेखि गाडीलाइनमा लागे । संघर्ष गरे । विदेश गए । विदेशको संघर्ष पनि उनको निकै पीडादायी छ । तर जब स्वदेश फर्के तब उनको मिहिनेतको कदर हुन थाल्यो । आफूले पनि मिहिनेतको फलको महत्व बुझ्दै गए । तब बने उनी गाडीमालिक र स्वरोजगार चालक । यिनै बा २ ख ९७३५ नम्बरको गाडीका चालक तथा गाडीमालिक सुमन चौलागाईले सडक पाइलटसंगको अन्तरंगमा साँघु प्रतिनिधिसंग आफ्नो जीवन खोलेका छन्–सम्पादक)
० गाडीलाइनमा आएको कति भयो ?
–१२ वर्षदेखि गाडीलाइनमा छु ।
० निकै कलिलो वर्षदेखि रहेछ त ?
–निकै कम उमेरमै भन्नुपर्ला ।
० किन त्यस्तो भयो त ?
–२–३ कक्षा पढियो । त्यसपछि ८ वर्षको उमेरमै घर छोडेर काठमाडौं आइयो ।
० कोसँग आउनुभयो काठमाडौं ?
–काकाबासंग आएँ ।
० अनि के गर्नुभयो ?
–होटलमा भाँडा माझियो नि । निकै दुःख पाइयो ।
० कसरी ?
–बिहान ४ बजे उठ्नु पर्ने अनि रातिको १० बजेसम्म काम गर्नुपर्ने । निकै गा¥हो भएको थियो । तलब जम्मा महिनाको ४ सय रुपैयाँ ।
० कति समय काम गर्नुभयो होटलमा ?
–चार वर्ष दुःख गरें मैले ।
० अनि के गर्नुभयो ?
–काका बा’ गाडीमै हुनुहुन्थ्यो अनि ढोकामा बस्न आएँ । होटलको दुःखको तुलनामा गाडी सजिलो । तर, गाडी मेरा लागि पनि गा¥हो ।
० किन गा¥हो भयो नि ?
–फोर्स गाडीमा काम गरें सुरुमा । फोर्स गाडीको ढोकाको तलको डन्डी पनि समात्न सक्दिनथें । फुच्चे थिएँ । त्सबेला यात्रुले पनि फुच्चे खलासी भनेर जिस्काउँथे ।
० कति बसियो त ढोकामा ?
–बसे नि ७ वर्ष जति । फोर्समा २ बर्ष बसें । त्यसपछि नेपाल यातायातमा ५ वर्ष बसें ।
० अनि गाडी चलाइयो ?
–लाइसेन्स बनाएर मलेसिया गएँ । यहाँ पहिले निजी गाडी चलाउँथे । त्यही अनुभवको आधारमा लाइटको लाइसेन्स भएपछि ठूलो गाडी चलाउन कुर्नुपर्ने अनि विदेश गएँ ।
० के गर्नुभयो त्यहाँ ?
–मैले २२ चक्के ट्रेलर चलाएँ ।
० ट्रेलर कत्तिको सजिलो थियो नि ?
–चलाउन त सजिलो थियो तर काम बिगा¥यो भने सजायँ पाइन्थ्यो । त्यहाँ पनि दुःख पाइयो । सस्पेन्समा परियो । त्यहाँको त कानून नै कडा नि । रातिराति ओभर ड्युटी गरेर गाडी खाल्डोमा पनि पारियो । टाउको पनि ठोक्काइयो । निद्रामा चलाउँदा के के हुने हुने ।
० कार्वाहीमा के भोगियो त ?
–जिन्दगीमा गाँजा नखाएको मलाई साथीभाइले गाँजा खुवाइदिए । त्यसको ३ दिनपछि दुर्घटनामा परियो । पुलिसले चेक ग¥यो । पिसाब पनि टेष्ट ग¥यो । अनि पछाडिबाट हतकडी लगाएर लग्यो । तर गाडीको बोसले कुरा मिलायो । बाहिर फेरि छुट्टै पिसाब चेक गर्दा केही देखिएन । बोसले सेटिङ मिलाएको रै’छ । मभन्दा पहिले नै बोस त प्रहरीकोमा गइसकेको रहेछ । बचाएर ल्यायो । जेल बस्न परेन । तर साँढे २ महिना गाडी चलाउन पाइएन । कोठामा सुतियो । पछि आफैले टिकट काटिदिएर मलाई नेपाल फर्काइदियो । साँढे २ वर्षमा नेपाल फर्कें ।
० कमाइ कस्तो थियो ?
–सस्पेन्समा नपर्दासम्म त महिनाको ७०–८० हजार रुपैयाँ घर पठाउँथें नि । राम्रो थियो । तर भाग्य गतिलो परेनछ अनि फर्किएँ ।
० नेपाल फर्केपछि के गरियो ?
–एक वर्षजति खलासी गरियो । त्यसपछि पाँच वर्षदेखि निरन्तर यही एउटै गाडी चलाइरहेको छु । ३–४ वटा साहुकोमा सरेँ । अन्तिममा आफैले किनेर चलाइरहेको छु ।
० साहु पनि बन्नु भएछ । कस्तो छ गाडीलाइन ?
–गाडीलाइन ठीक छ । पैसा कहिले हुन्छ कहिले हुँदैन । पुरानो गाडी १५ वर्ष भयो । त्यसलाई बनाउन प¥यो । खर्च बढी हुने कमाइ कम हुने ।
० जिन्दगी चाहिं कस्तो लागिरहेको छ नि ?
–ठीकै छ । पहिले पहिले बेठीक थियो । गाडीमै खाने गाडीमै सुत्ने हुन्थ्यो । बिहे गरेर बच्चा छ । छोरी छ । अनि बल्ल व्यवहारिक भइयो ।
० नेपालमा गाडी चलाउँदा दुर्घटना परिएको छ कि छैन ?
–सानोतिनो त भैहाल्छ नि । फेरि दायाँबायाँबाट मोटरसाइकल आउँछन् । ब्रेकले नै भ्याउँदैन नि । गियरले पनि कन्ट्रोल गर्नुपर्छ । नेपाल यातायातमा टाइमिङका कारण दुर्घटना परिरहेको छ । प्रेसरमा कुँद्नु पर्छ । घाँस(गाँजा) खाएर पनि चलाउँछन् दुर्घटना गराउनेहरू । मापसे जाँचमा रक्सी त देखिन्छ तर गाँजा देखिँदैन भन्दै गाडीलाइनमा गाँजा खानेहरू बढेका छन् । मलाई सानो भएर होला हेप्न गाडीसम्मै आउने । तर रिस उठ्छ अनि कराउन थाल्छु ।
० के छ त नि भोलिको सोच ?
–भएको सीप यही हो । अब त साहु पनि भइयो । सडकमै भिड्नु पर्छ । यसमै लाग्ने हो । दिमाग लगाउनु पर्छ गाडी लाइनमा पनि पैसा कमाइन्छ । गाडीलाइनमा जसको बल छ त्यसले कमाउने हो ।
० नपढेकोमा पछुतो छ कि छैन ?
–नपढेकोमा दुःख लाग्दैन । भएको जति सबै गरियो । काम गरियो । साहु भइयो । ६० वर्षसम्म काम गर्ने हो । अनि यो ज्यानलाई काम गर्न पुग्छ होला ।

प्रतिकृया दिनुहोस