• बिहीबार-बैशाख-१३-२०८१

नेताको सुरक्षा कि गुप्तचरी ? 

 

 

काठमाडौं । सशस्त्र प्रहरी बलले भीआइपीहरूका लागि खटाइएका सुरक्षाकर्मीदेखि सवारी चालकबाट सबै जानकारी लिने गरेको छ । नेतादेखि संवैधानिक निकायका पदाधिकारीहरूले सशस्त्रको चालक वा बडीगार्ड पाएको भनेर मख्ख परे पनि उनीहरूका दैनिक गतिबिधि र भेटघाटका बारेमा मुख्यालयमा प्रत्येक दिन फोनबाट र हप्तामा हेडक्वाटरमै गएर बुझाउनुपर्ने हुन्छ । सशस्त्र आइजीपी शैलेन्द्र खनालले यसअघि कार्यविभाग(अप्रेसन) अन्तर्गत रहेको इन्टेलिजेन्स ब्यूरो एक बर्षअघि आफ्नै सचिवालयमा ल्याएका छन् ।

 


  स्रोतका अनुसार, भीआइपीकोमा खटाइएका चालक र पर्सनल सेक्युरिटीमा खटिएकाहरूले त्यही इन्टेलिजेन्स ब्यूरोमा रिपोर्ट बुझाउने गर्दछन् । यसअघि अप्रेसनले इन्टेलिजेन्सबाट सूचना लिएर कारबाही गर्दथ्यो । इन्टेलिजेन्स आइजीपीको सचिवालयमा लगिएपछि अप्रेसन लंगडो भएको छ । एकातिर आइजीपीको सचिवालयमा लगेर इन्टेलिजेन्सले उच्चपदस्थहरूकोमा सवारी चालक र पीएसओको सुविधा दिने बहानामा दुरुपयोग गरिरहेको छ । अर्कोतिर इन्टेलिजेन्सलाई झिकेर अप्रेसनलाई नै पंगु बनाउने काम गरिएको गुनासो फोर्सको रहेको छ ।  

 


सवारी चालक र पीएसओ पठाएर नेतादेखि संवैधानिक निकायबाट लिइएका त्यस्ता सूचना विदेशी नियोगमा पनि पुग्ने गरेको स्रँेत बताउछ । लिपुलेक र कालापानीको सीमा समस्याको बारेमा विवाद आइरहेको बेला नेतादेखि उच्चपदस्थहरूकोमा को को जान्छन्, कसलाई भेट्छन् भन्ने चालक र बडीगार्डबाट सूचना लिक भएर विदेशी नियोगमा पनि पुग्नु गम्भीर बिषयका रुपमा लिने मेसो भीआइपीहरूले पाउन सकेका छैनन् । चालक र सुरक्षाकर्मी पाएकोमै मख्ख पर्ने गरेका छन् । 

 


त्यसो त सशस्त्र प्रहरी बलका आइजीपी खनालले नेपाल प्रहरीले अनावश्यक भनेर जस जसका घरबाट सवारी चालक र पीएसओ फिर्ता ग¥यो, सशस्त्रका आइजीपी खनालले उनीहरूका घरघरमा गएर ‘नेपाल प्रंहरीले फिर्ता गरेछ, सशस्त्रबाट दिन्छु’ भन्ने गरेको आरोप छ । सुरक्षा थ्रेट नै नभए पनि सानसौकताका लागि सुरक्षाकर्मीको दुरुपयोग भएको गुनासोपछि नेपाल प्रहरीले चालक र पीएसओ फिर्ता ग¥यो तर जुन जुन भीआइपीबाट उक्त सुविधा नेपाल प्रहरीले फिर्ता लियो उनीहरूलाई सशस्त्रका आइजीपी खनालले आफ्नो संगठनबाट पठाएको स्रोत बताउछ । इन्टेलिजेन्स अप्रेसनमा हुँदा कुन कुन नेताकोमा खटाएको छ भन्ने थाहा हुने भएपछि उनले सचिवालयमा लगी मनपरी ढंगले गोप्य रुपमा सुरक्षाकर्मी र चालक उपलब्ध गराएको आरोप लागेको छ । 
 

प्रतिकृया दिनुहोस