• शुक्रबार-चैत-१६-२०८०

त्रिविको भद्रगोल कहिले रोकिएला ? 

 

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयभित्र भद्रगोल र बेथिती भएको धेरै भयो । सुधारका लागि ठूलै हिम्मत बोकेर पदाधिकारी नआएसम्म त्रिविको हविगत सुधार त हुने छैनन नै शिक्षक, कर्मचारी विद्यार्थीको अराजकता नियन्त्रण पनि हुने छाँट देखिदैन । त्यसैले धेरैले त्रिविको नेतृत्व हिम्मत, भिजन भएको खोजिरहेका छन् । आर्थिक रुपमा पारदर्शी र कार्यशैलीमा नैतिक भएको नेतृत्वको खोजी छ । तर, अहिलेसम्म त्यस्तो नेतृत्व भेटिएको छैन । तुलनात्मक रुपमा अहिलेका उपकुलपति धर्मकान्त बास्कोटा इमान्दार, आर्थिक रुपमा पारदर्शी नेतृत्व भनिन्छ ।

 

मेडिकल काउन्सिलको अध्यक्ष्ँ हँुदा पनि आर्थिक लाभका गतिविधिमा धेरै संलग्न नभएका बास्कोटाले त्रिविको सुधारका लागि रेक्टर र रजिस्टार कति नैतिकवान र इमान्दार ल्याउन सफल हुन्छन् भन्नेमा भरपर्ने देखिन्छ । २०७६ पुस ७ गते अवकास हुने तयारीमा रहेका रेक्टर र रजिस्टार उपकुलपतिका लागि घाँडो बनेको स्रँेत बताउछ ।  रेक्टर र रजिस्टारका लागि पुरानै टीमका सदस्यहरू दोहोरिनका लागि दौडधुप र चलखेलमा लागेको स्रोत बताउछ । उनीहरूको राजनीतिक दौड पनि चलिरहेको छ । सुरुमा उपकुलपतिका लागि दौडेका उनीहरू अहिले पद थाम्न खोजिरहेका छन् । त्रिविमा असफल भएर पनि उनीहरू अरु विश्वविद्यालयमा उपकुलपतिको दावीमा पनि रहेको बताइन्छ । 

 


त्रिविका कर्मचारीहरूको प्रश्न छ–विश्वविद्यालयमा आर्थिक, शैक्षिक र प्रशासनिक रुपमा रुग्ण बनाएर लाभ लिन पल्केकाहरू नै दोहोरिने अवस्था आयो भने त्रिविको सुधारको अपेक्ष्ाँ कसरी गर्न सकिएला र ? त्यही प्रश्नको बीचमा रेक्टर सुधा त्रिपाठी र रजिस्टार डिल्लीराम उप्रेती पद थाम्ने खेलमा लागेका हुन् ।  झापाली सम्बन्ध र पूर्वएमालेभित्र पनि प्रधानमन्त्री केपी ओली समूहको सम्बन्ध देखाएर उप्रेती पद थमौतीमा लागेको स्रँेत बताउछ ।

 

पूर्वमाओवादी भित्र प्रचण्ड गुटको कोटाबाट रेक्टर भएकी सुधा त्रिपाठी पनि थमौतीका लागि खुमलटार धाइरहेको स्रँेत बताउछ । पूर्व उपकुलपति तीर्थ खनियासँग मिलेर उप्रेती र त्रिपाठीले त्रिविलाई शैक्षिक, आर्थिक रुपमा ध्वस्त बनाएको आरोप छ । आफ्ना मान्छेलाई कामु बनाएर चार बर्षसम्म अतिरिक्त सुविधा दिलाउने, आफ्ना मान्छेलाई नियुक्त गर्न डाइरेक्टरको पद बढाउने, आर्थिक लाभ लिएर त्रिविका प्रोग्राम थप्ने, सम्बन्धन दिने काममा खनियाको टीमकै मिलेमतो रहेको कर्मचारी स्रँेत बताउछ । त्यही समस्याले त्रिविमा पटकपटक आन्दोलन भएका छन् ।

 


नेपाल फिल्मी कलेजलाई सम्बन्धन दिंदा होस् वा त्रिविमा व्याचलर अफ कम्प्युटर एप्लिकेशन(विसिए) प्रोग्राम थप्दा होस् उनीहरूले आर्थिक लाभका आधारमा काम फत्ते गरेको आरोप छ । पहिला ५६ वटा कलेजमात्र विसिएका लागि उपयुक्त भएको अध्ययनले देखाएकोमा पछि थपेर १२६ भन्दा बढी कलेजलाई प्रोग्राम सञ्चालनको अनुमति दिईयो । अझ उप्रेती त कतिसम्म विवादमा जोडिए भने आफ्नो बढुवाका लागि कार्यविधि नै परिवर्तन गरे । जुन विवाद अहिलेसम्म टुंगिएको छैन ।

 

२०७५ चैतमा प्राध्यापकमा बढुवा भएका उपे्रतीले आफू बढुवा नहुने भएपछि पिएचडी गर्नेले प्राप्त गर्ने १२ नम्बर घटाएर ८ नम्बरमा झारेका थिए । त्यसो गर्नुको कारण उनीभन्दा सिनियर दुईजनाले पिएचडी गरेका थिए । नम्बर घटाउदा उनीहरू प्राध्यापक हुन पाउने थिएनन् र पाएनन् पनि । उनीहरूले अहिले उप्रेती विरुद्ध मुद्दा हालेका छन् । तर, राजनीतिक शक्तिको आडमा उप्रेतीमाथि कारबाही भएको छैन । 

 


 त्रिविमा परीक्ष्ाँर्थीको नम्बर घटबढ गरेर पास फेल गराउने खेलमा पनि उनीहरू लागेको आरोप खेपिरहेका छन् । झापाली सम्बन्धले उप्रेती नेकपाभित्र बलियो बन्न खोजिरहेको बताइन्छ । सकेसम्म काठमाडौ बाहिरका अन्य विश्वविद्यालयमा उपकुलपति बन्न पनि चलखेल गरिरहेको चर्चा छ । त्यसमा साथ दिएका छन् शिक्ष्ाँमन्त्री गिरिराजमणि पोखरेलले । नीतिगत भ्रष्टाचारमा मन्त्री पोखरेल निकै माहिर मानिन्छन् ।

 

सबैलाई चिप्लो घसेर बोल्ने मन्त्री पोखरेल शिक्षा क्षेत्रको काम भने अहिलेसम्म एउटा पनि गतिलो गर्न सकेका छैनन् । मेडिकल माफियाको पक्ष्ँमा लविङ गर्न समेत पछि नपरेको आरोप खेप्दै आएका मन्त्री पोखरेल त्रिवि सुधारका लागि भन्दा पनि कमाई हुने र आफ्नो गुट बचाउने खेलमा सक्रिय रहेको आरोप छ । 
 

प्रतिकृया दिनुहोस