• शुक्रबार-चैत-१६-२०८०

राष्ट्रसंघ सुरक्षा परिषद् सदस्यबीच मजबुत सहकार्यका लागि जोड

 

वासिङ्टन, २० मङ्सिर (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् सदस्य राष्ट्रहरूले बिहीबार साझा सुरक्षाका विषयलाई सम्बोधन गर्न सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा ह्वाइट हाउसमा संयुक्त राष्ट्रसंघका लागि विभिन्न देशका कूटनीतिज्ञलाई दिइएकोे दिवा भोजका सहभागीहरूले साझा सुरक्षाका विषयमा थप सहकार्यको आवश्यकता औँल्याएका हुन् ।

 

यही डिसेम्बर १ देखि सुरक्षा परिषद्को अध्यक्षता अमेरिकाले लिएको सन्दर्भमा सदस्य राष्ट्रहरूसँगको समन्वयलाई जोड दिन र समस्याका विषयमा छलफल गर्न विभिन्न मुलुकबाट राष्ट्रसंघका लागि खटिएका कूटनीतिज्ञसँग परामर्श गर्नुभएको हो । भेलामा हाल सुरक्षा परिषद्मा रहेका १८ राष्ट्रका साथै सन् २०२० मा सदस्यता लिँदै गरेका मुलुकका प्रतिनिधिको उपस्थिति थियो ।

 

कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हाम्रा राष्ट्रहरूले आतङ्कवाद, लागु औषध कारोबार, गैरकानूनी आप्रवासन, साइबर आक्रमण र आणविक, रासायनिक तथा जैविक हतियारलगायतका समान खालका सुरक्षा चुनौतिका श्रृङ्खलाको सामना गर्नुपरेको छ ।” राष्ट्रपति ट्रम्पले सुरक्षा परिषद्मा थप्नुभयो, “विश्वले सामना गर्नुपरेका यि र अन्य सुरक्षा खतराविरूद्ध एक भै काम गरौँ ।

 

मलाई लाग्छ राष्ट्रसंघको व्यापकताको आवश्यकता छ ।” “सहकार्य गर्ने, एकता कायम राख्ने, संयुक्त राष्ट्रसंघलाई बलियो बनाउने तथा विश्वमा शान्ति,सुरक्षा र विकास कायम गर्ने सदस्य राष्ट्रको जिम्मेवारी हो,”संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूत झाङ चुनले बताउनुभयो ।

प्रतिकृया दिनुहोस