• बिहीबार-चैत-१५-२०८०

तेह्रौँ साग : ८१ स्वर्णकासाथै १६५ पदकसहित   भारत शीर्ष स्थानमा

 


काठमाडौँ, २१  मङ्सिर (रासस) : तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ ।  

 

    २०७६ मङ्सिर २० गते शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ । नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ । यस्तै श्रीलङ्का २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 

 

    नेपालले मङ्सिर २० गतेको  गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।

 

साग पदक तालिका :

देश    स्वर्ण    कास्य    रजत    जम्मा
भारत     ८१    ५९    २५    १६५
नेपाल    ४१    २७    ४८    ११६
श्रीलङ्का    २३    ४२    ६९    १३४
पाकिस्तान    १९    २५    २९    ७३
बङ्गलादेश    ४    १८    ५१    ७३
माल्दिभ्स    १    ०    २    ३
भूटान    ०    ०    ६    ६
–––

(तस्वीर : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग शुक्रबार तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष एथ्लेटिक्सका स्वर्ण पदक विजयी नेपालका गोपीचन्द्र पार्कीलगायत खेलाडी । तस्वीर : रोशन सापकोटा÷रासस)

प्रतिकृया दिनुहोस