• शुक्रबार-बैशाख-१४-२०८१

मन्त्रालयमा ब्यापारी राज्यमन्त्रीको रमिता !


काठमाडौं । मन्त्रीमण्डल पुनर्गठनपछि सबैभन्दा बढी ताहुरमाहुर उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले प्रदर्शन गरेका छन् । पदबहालीमा श्रीमतीसहित लिएर गएको होस् वा पत्रिकामा सम्माननीय भनेर बधाइ हाल्न लगाएको बिषयमा होस् सेन्चुरी मसलाका साहु दुगड विवादमै छन । उनले राज्यमन्त्री भएको समेत बिर्सेर मन्त्रालयका सहसचिवदेखि सचिवसम्मलाई यो भएन र ऊ भएन भनेर करकर गर्ने गरेका छन् । उद्योग मन्त्री लेखराज भट्ट हुन् भन्ने पनि बिर्सिएर दुगडले ब्यापारी बोलाउूदै भेटेर सुझाव लिने, यो हुनुप¥यो, त्यो हुनुप¥यो भनेर कर्मचारीलाई बोलाउूदै निर्देशन दिने गरेका छन् । उद्योग मन्त्रालय उद्योगी ब्यापारीको अड्डा होइन, मन्त्रालय हो भन्ने समेत उनले बिर्सिएर मेला लगाउन थालेकोमा कर्मचारी नै वाक्क हुन थालेका छन् । 


राज्यमन्त्री दुगडले पदबहाली गरेदेखि नै आफ्नो कार्यकक्षका फर्निचरदेखि सबै स्तरीय नभएको गुनासो मात्र गरेका छैनन्, बाणिज्य सचिव बैकुन्ठ अर्यालको कार्यकक्ष ताक्न थालेका छन् । उनले मन्त्रालयमा छिरेदेखि नै टेबुल, कुर्सी सबै फेर्नुपर्ने कचकच गर्न छाडेका छैनन् । जुन कचकचले कर्मचारीहरू नै आजित हुन पुगेको खबर छ ।

 

२०७६ मंसिर ५ गते उनी हैसियत नै बिर्सेर सचिव यामकुमारी खतिवडाको कार्यकक्षमा गएका थिए । राज्यमन्त्रीले सचिवलाई बोलाउने हो, तर उनी आफैं हैसियत नै बिर्सेर गएका थिए । कार्यकक्ष र फर्निचरको बारेमा गुनासो गर्दैआएका दुगड कार्यकक्ष हेर्न पो गएका हुन् कि भन्ने चर्चा पनि उद्योग मन्त्रालयका कर्मचारीहरूले गरे । 


उद्योग मन्त्रालयमा दुई वटा कोठामात्र मन्त्री र राज्यमन्त्रीले प्रयोग गर्दैआएका थिए । तर भट्ट र दुगड मन्त्री र राज्यमन्त्रीका रुपमा आएपछि एउटा तल्ला सिंगै प्रयोग हुन थालेको छ । एउटा तल्ला सिंगैले नपुगेर राज्यमन्त्री दुगडले सचिव अर्यालको कोठामा सार्न दबाब दिइरहेका छन् । प्रशासनका सहसचिव रामचन्द्र ढकाललाई सचिव अर्यालको कार्यकक्ष मिलाउन उनले दबाब दिइरहेका छन् । 


यसैबीच, मन्त्री भट्टले आफ्नै पैसामा निवासमा सोफा, कार्पेट, पर्दा, हालेको गुनासो मन्त्रालयका महाशाखा प्रमुखहरूसूग गरेका छन् । मन्त्री भट्टकी श्रीमतीले भइरहेका फर्निचर, पर्दा नफेरे निवासमा नजाने भनेपछि उनले आफ्नै खर्चमा फेरिएको गुनासो गरे । अर्कोतिर राज्यमन्त्री दुगडले भने यो भएन, त्यो भएन भनेर गुनासो गरिरहेका छन् । 


संस्थानका नियुक्तिको विवरण माग


राज्यमन्त्री दुगडले संस्थानहरूमा के कति राजनीतिक नियुक्ति गर्न बाूकी छ, त्यसको समेत विवरण माग गरेका छन् । निकटहरूलाई नियुक्तिका लागि उनले रिक्त विवरण मागेका छन् । 


सचिवालयका सबै बाहिरिए


यसअघिका मन्त्री मातृका यादवले राखेका स्वकीय सचिवालयका कर्मचारीहरू त बिदा हुने नै भए, सचिवालयका सरकारी कर्मचारीहरू पनि बाहिरिएका छन् । यादव मन्त्री हुूदाका सचिवालयका उपसचिव बैकुन्ठ सापकोटाले मन्त्री भट्टसूग अनुनय बिनय गरी थमौतीमा परेका छन् । उपसचिव सापकोटाले मन्त्रीको सचिवालयमा बसेर शाखा अधिकृत र उपसचिवहरूलाई किन यो पत्र काटेको भनेर थर्काउने गर्दैआएका थिए ।

 

सचिवको निर्देशन अनुसार पत्र काटेको जवाफ दिंदा पनि उनले किन काटेको भनेर तनाव दिने गरेका थिए । सचिवको निर्देशन किन मानेको भन्दै शाखा अधिकृत र उपसचिव थर्काउूदैआएका सापकोटा उद्योग विभागमा सरुवा हुन लागिरहेका छन् । उपसचिव कृष्ण बस्याल वन तथा वातावरण मन्त्रालयमा जाने दाउमा भएकाले सापकोटा त्यहाँ  जान खोजिरहेको कर्मचारी स्रोत बताउछ । 
 

प्रतिकृया दिनुहोस