• शुक्रबार-बैशाख-७-२०८१

धनुषामा एनआईसीको नयाँ शाखा

 

जनकपुर । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको २०७६ फागुन ६ गते औपचारिक रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । 

 

नगरपालिकाका मेयर बालेश्वरले एक समारोहका बीच उक्त शाखाको समुद्घाटन गरे । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ । 
 

प्रतिकृया दिनुहोस