• शुक्रबार-बैशाख-१४-२०८१

जोरपाटीमा देवः विकासको नयाँ शाखा 

 

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नं. ६ जोरपाटीमा देव विकास बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक समितिका सदस्य भरतबहादुर हमालले बैंकको औपचारिक उद्घाटन गरे । 


कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संचालक भरत बहादुर हमालले गुणस्तरिय सेवा विस्तारमा जोड दिँदैै यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए । कार्यक्रममा गोकर्णेशवर नगरपालिका, वडा नं ६ का अध्यक्ष रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार भएको सन्तुष्ट व्यक्त गरे । 


कार्यक्रममा देवः विकास बैंक लि.का संचालक विजय राज शर्मा भुषाल, महानगरिय प्रहरी बृत, बौद्धका प्रहरी नायब उपरिक्षक रेशम बहादुर सिंहले पनि मन्तव्य राखेका थिए भने गोकर्णेश्वर नगरपालिका, वडा नं ६ का सदस्यहरु जगनाथ ढकाल तथा नवराज लामाको पनि उपस्थिति थियो ।


कार्यक्रममा स्वागत मन्तब्य दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखी अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंक लि.सँग एक्विजिशनमा जान लागेको जानकारी  दिए । कार्यक्रममा, बैंकका क्षेत्रिय प्रमुख, पत्रकार, विभिन्न संघसंस्थाका प्रमूख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस