• बिहीबार-बैशाख-१३-२०८१

तौल घटाउने यी हुन् चार भोजन

 

तपाई धेरै खाएँ, मोटाएँ भनेर हैरान हुनुभएको छ भने चिन्ता नलिनुस् । तपाईले आफ्नो भोजनमा केही परिवर्तन गर्नुभयो भने तपाईले मस्तले भोजन गर्न सक्नुहुन्छ । यसका लागि तपाईले आफ्नो भोजनमा फाइबर तथा प्रोटिनले भरिपूर्ण खाद्यपदार्थ समावेश गर्न सक्नुहुन्छ । ती भोजनहरू निम्न हुन् :


चना : चनामा प्रशस्त मात्रामा फाइबर पाउन सकिन्छ । यसमा राम्रो मात्रामा प्रोटिन पनि पाउन सकिन्छ । चनाबाट प्रोटिनलगायत क्याल्सियम, जिंक तथा फोलेट प्राप्त गर्न सकिन्छ । यसले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्दछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न मद्दत पनि गर्दछ किनकि यसमा चिल्लो पदार्थको मात्रा हुँदैन । फाइबरको अधिक मात्रा हुनाले यसले पाचनप्रणाली तन्दुरुस्त राख्न मद्दत गर्र्दछ र कब्जियतको समस्याबाट राहत दिलाउँछ । 


फर्सी : फर्सीको नाम सुन्ने वित्तिकै धेरैले मुख बंग्याउने गर्दछन् । तर, अन्य फल र तरकारीको दाँजोमा फर्सीमा राम्रो मात्रामा फाइबर र पोटाशियमको मात्रा बढी हुने गर्दछ । स्वास्थ्य विज्ञहरूका अनुसार, फर्सी सेवन गर्नाले तौल कम गर्न मद्दत गर्दछ । 


हरिया पातभएका तरकारी : हरिया पात भएका तरकारीहरू एकदमै फाइदाजनक मानिन्छ । यसमा राम्रो मात्रामा खनिज तत्व हुने गर्दछ । हरियो तरकारीहरूमा राम्रो मात्रामा पोटासियम हुने गर्दछ । यो मुटुका लागि पनि उत्तिकै फाइदाजनक छ भने तौल कम गर्न पनि सहायक भूमिका खेल्दछ । 


बिउहरू : बिउलाई खनिजको खानी मानिन्छ । तरकारी तथा फलफूलका बिउहरू खजि तत्वले भरिपूर्ण हुन्छन् । विज्ञका अनुसार, बिउहरूले रोग प्रतिरोधक क्षमता बढाउने पोषक तत्व प्रदान गर्दछ । यसमा जिंक, प्रोटिन तथा अधिक मात्रामा फाइबरहरू हुने गर्दछ । 

प्रतिकृया दिनुहोस