• बुधबार-बैशाख-१२-२०८१

पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट गराएको आरोपमा १ पक्राउ 

काठमाडौं । मनहरा फाँटस्थित पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निवास विस्फोट गराएको अभियोगमा पहरीले १ जनालाई पक्राउ गरेको छ । 

विजय शाही भनिने ऐनबहादुर शाहीलाई प्रहरीले पक्रेको हो । उनी विप्लव नेतृत्वको नेकपाका भक्तपुर इञ्चार्ज हुन् । 

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, पक्राउ परेका शाहीलाई अहिले ठिमीमा राखिएको छ । 

गत फागुन १८ पूर्वमन्त्री बाँस्कोटाको मनोहरा फाँटमा रहेको निर्माणाधीन घरमा विस्फोट भएको थियो । विस्फोटका बेला बाँस्कोटा परिवार भने निवासमा थिएनन् । प्रधानमन्त्री निवास बालकोटमा थिए ।  विस्फोटबाट बाँस्कोटा र उनको छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।

प्रतिकृया दिनुहोस