• शनिबार-बैशाख-८-२०८१

हरेक वर्ष विवाह गर्ने यी राजा

 

 संसारभरी नै राजतन्त्रात्मक व्यवस्था विस्तारै हट्दै गएको छ । तर, अफ्रिकी मुलुक जहाँ आजपनि राजतन्त्रात्मक शासन पूर्णरुपमा पालना भइरहेको छ । यो मुलुकको नाम हो स्वाजिल्याण्ड । देशले स्वतन्त्रता पाएको ५० वर्षको अवसरमा नाम परिवर्तन गरेर सन् २०१८ मा ‘द किङगडम अफ इस्वातिनी’ राखियो । यस मुलुकको जनसंख्या १३ लाख छ भने ६३ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनी रहेका छन् । तर, यहाँको राजाको जीवनयापन भने भव्य र आलिसान रहेको छ । यहाँको राजा मस्वाती तृतीयको सम्पत्ति हरेक वर्ष वृद्धि भइरहेको हुन्छ ।

 

मस्वातीसँग १४ अर्बभन्दा बढी सम्पत्ति रहेको पाइन्छ । यो मुलुकमा अगस्ट र सेप्टेम्बर महिनामा एक पर्व हुने गर्दछ, जहाँ हजारौं कुमारी युवतीहरू तथा बालबालिकाहरू सामेल हुने गर्दछन् । राजाले यो पर्वमा कुमारीहरूसँग नाचगान गर्छन् र नयाँ रानी चुन्ने गर्दछन् । अझ अचम्मको कुरा के छ भने ती युवती बिना वस्त्र राजा र सबै प्रजाहरूको सामुन्ने नृत्य गर्दछिन् । राजा मस्वाती तृतीयले सन् १९८६ अप्रिलमा सत्ता सम्हालेका थिए । अहिले उनका १५ रानी र २३ बच्चाबच्ची छन् । शाही दर्जा भने उनको पहिलो दुईवटा श्रीमतीलाई मात्र दिइएको छ । 

प्रतिकृया दिनुहोस