• बिहीबार-बैशाख-१३-२०८१

डब्लूएचओको चेतावनी- देशहरूले गलत दिशा पक्डिए, अवस्था भयावह हुनसक्छ

कोरोना भाइरसबाट ग्रस्त मुलुकले यदि निर्णायक कदम नचाल्ने हो भने अवस्था थप भयावह हुने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दिएको छ । 

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोमले अधिकांश देशले कोरोना भाइरस नियन्त्रणमा गलत दिशा पक्डेको भन्दै चिन्ता व्यक्त गरे ।   

‘अधिकांश देश गलत दिशातर्फ उन्मुख छन्,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसले भने । 

प्रमाणित उपाय अवलम्बन नगर्ने देशमा संक्रमण उकालो लागिरहेको उनको भनाइ छ । 

सतर्कताका उपाय त्यागेर पुरानै जीवनशैलीमा घातक हुने उनको भनाइ छ ।  ‘सतर्कताका उपायहरू सामाजिक दूरी, हात धुने र मास्कको प्रयोग उपयुक्त समयमा गम्भीरतापूर्वक प्रयोग गर्नु जरुरी छ,’ जेनेभामा आयोजित ब्रिफिङका क्रममा उनले भनेका छन् । 

नेताहरूको कार्यशैली र भनाइप्रति पनि उनले असन्तुष्टि जनाए । जिम्मेवार व्यक्तिबाट व्यक्त भनाइबाट महामारी नियन्त्रणको प्रयासमा जनताको विश्वासलाई हानि पुर्याइरहेको उनको भनाइ छ । 

‘भाइरस सार्वजनिक दुश्मन नम्बर एकमा रहेको छ, तर धेरै सरकार र जनताको कार्यले यसलाई प्रतिबिम्बित गर्दैन,’ उनले भने।

अमेरिका कोरोना प्रकोपको इपिसेन्टर बनेको छ । यहाँका ३ लाख ५० हजारभन्दा बढीमा संक्रमण भएको भने १ लाख ३५ हजारको ज्यान गइसकेको छ । कोरोनाको संक्रमण बढिरहेका बेला त्यहाँका राष्ट्रपति ट्रम्प र स्वास्थ्य विज्ञबीच तनाव भइरहेको छ । 

 

प्रतिकृया दिनुहोस