• शुक्रबार-चैत-१६-२०८०

भाजपाद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना 

 

काठमाडौं । भानुभक्तको जन्मजयन्तिको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या नेपालमा पर्ने भनेर दिएको अभिव्यक्तिको चर्काे आलोचना भइरहेको छ । नेपाल र भारत दुवै मुलुकबाट प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिप्रति आलोचना भएको हो । प्रधानमन्त्री जस्तो व्यक्तिले बिना आधार र प्रमाण विवादास्पद अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री, मन्त्री, पत्रकारलगायत नेपाली तथा भारतीयहरुले समेत आलोचना गरेका छन् । भारतीय मिडियाहरुले पनि यसको चर्काे आलोचना गरिरहेका छन् । 


त्यसैगरी, भारतका सत्तारुढ दल भाजपाले नेपालका प्रधानमन्त्री केपी ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै आलोचना गरेका छ । भाजपाका प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको आलोचना गरेका हुन् । 

प्रतिकृया दिनुहोस