• शनिबार-बैशाख-८-२०८१

छालालाई कसरी चिल्लो बनाइराख्ने ?

 

–दूधको प्रयोगले छालालाई सुख्खा हुन दिँदैन । यसमा कागतीको रस मिलाएर छालामा लगाउने हो भने छाला सुख्खा हुन पाउँदैन । 


–दहीले अनुहारमा सफा र चम्किलोपना ल्याउँछ । यसमा एन्टीअक्सिडेन्ट र एन्टीफ्लामेट्री गुण हुन्छ जसले छालालाई चम्किलो बनाइराख्छ । 


–मह पनि एउटा राम्रो तत्व हो जसले छाला चिल्लो बनाइराख्दछ । यसलाई केही समयसम्म अनुहारमा लगाउने र पछि धुने गरेमा अनुहारमा निखारता आउँदछ । 


–कागतीको केही थोपा ग्लिसरिनमा मिसाएर लगाउने हो भने छालामा चमक आउँछ । 


–पाकेको जौ, मह र केरा मिसाएर अनुहारमा लगाएमा सुख्खा अनुहार हुने समस्याका लागि वरदान सावित हुन्छ ।


–दुई चम्चा गहुँको पीठो, चार चम्चा बेसन, चार चम्चा महको राम्रो मिसावट गरी अनुहारमा लगाएर २० मिनेटपछि धुने हो भने छालाबाट चिल्लोपन हराउँदैन । 
 

प्रतिकृया दिनुहोस