• बुधबार-बैशाख-१२-२०८१

बर्षातमा मलेरियाबाट यसरी बचौं

 

बर्षाको मौसममा लामखुट्टेद्वारा फैलने मलेरिया, डेंगु जस्ता रोगहरूबाट बच्नु जरुरी हुन्छ । मलेरिया रोग लामखुट्टेले टाकेपछि १० दिनपछि देखा पर्न थाल्दछ र ४ हप्तासम्म संक्रमण भइराख्छ । यस रोगका लक्षणहरू निम्न रुपमा देखापर्दछन् । 


– मलेरिया रोग लागेपछि रुघाखोकी, ज्वरो, भोक नलाग्ने, बान्ता आउने, पेट दुख्ने, श्वासप्रश्वास वृद्धि हुने हुन्छ । यस्ता लक्षणहरू यदि कम उमेरका बच्चाबच्चीमा देखा परेमा अझ बढी गम्भीर हुन्छ । 


– मलेरिया रोगका कारण ज्वरो एक दिन बिराएर आउने गर्दछ । 


बच्ने उपाय 


–  मलेरिया रोगको बिरामीलाई आरामको एकदमै जरुरी हुन्छ । 


– हल्का किसिम र स्वास्थ्यवद्र्धक भोजन दिनु जरुरी छ । 


– पानी उमालेर पिउनु पर्दछ । 


– खाना खानुभन्दा अगाडि हात राम्रोसँग सफा गर्नुपर्दछ । 


– यदि शरीरमा पानी कम भएमा डाक्टरसँग परामर्श गर्नुपर्दछ । 

प्रतिकृया दिनुहोस