• शुक्रबार-चैत-१६-२०८०

तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन नेकपाका १५२ केन्द्रीय सदस्यको माग 

 

काठमाडौं । सत्तारूढ दल नेकपाका १५२ केन्द्रीय सदस्यले यथाशीघ्र केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । 

बुधबार पार्टी कार्यालय, धुम्बाराहीमा लिखित पत्र दर्ता गर्दै पार्टी विधानको धारा ५९ (क) ४ बमोजिम यथाशीघ्र केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् । पत्रमा उनीहरूले अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई सम्बोधन गरेका छन् । 



पार्टीभित्रको विवादले चिन्तित बनाएको उल्लेख गर्दै केन्द्रीय सदस्यहरूले विधि र पद्धतिअनुसार समस्याको समाधान खोज्न आग्रह गरेका छन् । 


यसरी केन्द्रीय समिति बैठक माग गर्नेहरूमा विजय पौडेल, जगन्नाथ खतिवडा, भाष्कर काफ्ले, रवीन कोइराला, नागेन्द्रप्रसाद चौधरी, कृष्ण केसीलगायत छन् । 

प्रतिकृया दिनुहोस