• शुक्रबार-बैशाख-१४-२०८१

 पिरोलिएका  मुख्यमन्त्री पद जोगाउन दाैडधुप 


काठमाडौं । नेकपाको विवाद समाधान गर्न मन्त्रिपरिषद् पुनर्गठनदेखि प्रदेशका मुख्यमन्त्री हेरफेर गर्नेसम्मका चर्चा चलिरहेका छन् । केही महिनादेखि यस्तो हल्ला चले पनि अहिलेसम्म नेकपामा यसबारे कुनै ठोस निर्णय भइसकेको छैन । 
मुख्यमन्त्री परिवर्तनबारे कुनै टुंगो नलागे पनि प्रदेशका मुख्यमन्त्रीहरू भने भित्रभित्रै पिरोलिएका छन्, पद गुम्ने भयले ।

नेकपामा मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलेस“गै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सबैभन्दा धेरै डराएका छन् । सम्भावित समीकरणले आफ्नो पद जाने अवस्था नबनोस् भन्नका लागि उनी कोरोना भाइरस त्रासबीच संघीय राजधानी काठमाडौं नै आइपुगेका छन् । एक्लै होइन, सिंगो दलबल लिएर । 


स्रोतका अनुसार, त्रिलोचनलाई जोगाउन उनीसँगै सुदूरपश्चिम प्रदेश नेकपाका सह–इञ्चार्ज खगराज भट्ट, नेकपाकी केन्द्रीय सदस्य रेणु चन्दलगायतका २० जनाको टोलीले भेटघाट तीव्र पारेको छ ।

 

यही क्रममा उनीहरूले नेकपाका अध्यक्ष प्रचण्डलाई २०७७ साउन ८ गते उनकै निवास खुमलटार पुगेर भेट गरेको बताइएको छ । भेटमा प्रचण्डले भट्टलाई आश्वस्त पारेर पठाएको बताइएको छ । 


प्रचण्डलाई भेटेको भोलिपल्ट मुख्यमन्त्रीको उक्त समूहले नेकपाकै अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेका छन् । नेता नेपालसँग पनि उनीहरूले त्रिलोचनको मुख्यमन्त्री पद थमौती गर्न आग्रह गरेको बताइएको छ । जवाफमा माधव नेपालले पनि उनलाई उत्साहित बनाएको चर्चा सुदूरपश्चिमतिर छ । 


यही समूहले सुदूरपश्चिमको लेखराज भट्टको विकल्पका रूपमा खगराजलाई अघि सार्ने प्रस्ताव पनि प्रचण्ड र माधवसँग राखेको स्रोत बताउँछ । प्रचण्ड समूहका लेखराज भट्ट पछिल्लो समय केपी ओली नजिक छन् ।

 

ओलीसँग नजिकिएपछि प्रचण्डले सुदूरपश्चिमका उनको विकल्प सोचिरहेका छन् । यहीबीच खगराजलाई अघि सार्न मुख्यमन्त्रीसहितको टोलीले प्रस्ताव गरेको हो । 
 

प्रतिकृया दिनुहोस