• शुक्रबार-चैत-१६-२०८०

साँढे चाैध लाख रकमसहित प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ 

 

काठमाडाैं । असार मसान्त र साउन महिना धेरै घुस्याहा कर्मचारीहरूले घुस, कमिशन थन्काउने, लुकाउने महिना हाे ।  त्यसैले सडक विभाग अन्तरगतका प्राेजेक्ट प्रमुखहरू र स्थानीय तहका हाकिमहरू असार, साउन महिनामा घुस रकम सहित पक्राउ पर्नेहरूकाे संख्या बढिरहेकाे पाइन्छ । 


जिल्ला दाङ, तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले  पक्राउ गरेकाे छ ।


निज प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय चढेको सरकारी गाडी बा.२ झ.४०९९ नम्बरलाई चन्द्रागिरी नगरपालिका वडा नं. २, नागढुङा, काठमाडौंमा रोकी चेकजाँच गर्दा निजको साथबाट नगद रू.१,२४,७५०/- र फिक्स डिपोजिट तथा बैंक डिपोजिट रू.१३,२४,०४६/- को रसिदहरू गरि कुलजम्मा रू.१४,४८,७९६/- (चौध लाख अडचालीस हजार सात सय छयान्नब्बे) बराबरको रकम सहित नागढुङाबाट  २०७७ साउन १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कुरा प्रवक्ता तारानाथ अधिकारीद्वारा २०७७ साउन १७ गते विहान जारी वक्तव्यमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस