• शुक्रबार-चैत-१६-२०८०

अम्बिकाको शब्द तथा शंकरको स्वरमा 'वीर गोर्खाली' सार्वजनिक(भिडियो सहित)

 

 

 काठमाडौँ -  भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानलको पाँचौ एनिभर्सरीको उपलक्ष्यमा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द तथा गायक संगीतकार शंकर थापा स्माइलले स्वरबद्ध गरेको राष्ट्रिय गीत 'वीर गोर्खाली' सार्वजनिक भएको छ।

 

वरिष्ठ गीतकार तथा साहित्यकार अम्बिका गुरुङले रचना गरेका आफ्ना गीत संगीत तथा साहित्यका भिडियोहरुलाई  भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत प्रस्तुत गर्दै आएकी छिन।


 दर्जनौ लोकप्रिय गीतहरुमा आफ्ना कलात्मक शब्दहरुले कराेडौ नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ठ गीतकार अम्बिका गुरुङले नेपाली गीत संगीतमा गरेको योगदान अतुलनीय रहेको छ। भाबसागर ईन्टरटेनमेन्ट युट्युब च्यानल पाँचौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरुलाई समेत उनले आभार ब्यक्त गरेकी छिन। 

 

 

वरिष्ठ गीतकार अम्बिका गुरुङ शब्द, गायक-संगीतकार शंकर थापा स्माइलको स्वर तथा संगीत रहेको सार्वजनिक म्युजिक भिडियोलाई बुद्ध थापाले छयांकन गरेका हुन् भने निशान कश्यपले निर्देशन तथा सम्पादन गरेका छन्।  वीर गोर्खाली एउटा स्रोत सामग्री भिडियो हो।

 

यस  भिडियोलाई हेरेर जो कोहीले पनि आफ्नो देशको लागि गर्व गर्न सक्नेछन भने निर्देशक निशान कश्यपको कडा परिश्रम र समर्पणका लागि समेत सम्पूर्ण दर्शकहरुले धन्यबाद दिने कुरामा गीतकार गुरुङ विश्वस्त  रहेकी छिन्।

 

पाँच मिनेटको भिडियोमा तपाईहरुले सम्पूर्ण नेपालको गौरवशाली  मान्छेहरुलाई देख्न र चिन्न सक्नुहुनेछ र हाम्रो नेपाल के हो र हामी को हौं भनेर जान्न पनि सक्नुहुनेछ । भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस