• शुक्रबार-बैशाख-७-२०८१

इराकमा सन् २०२१ को जुन ५ मा निर्वाचन हुने


बग्दाद, १७ साउन : इराकमा आगामी सन् २०२१ को जुन ६ मा संसदीय निर्वाचन हुने भएको छ । प्रधानमन्त्री मुस्तफा अल कादिमीले शुक्रबार निर्वाचनको मिति घोषणा गर्नुभएको हो । 

 

उहाँले निर्वाचनलाई सरकारको राजनीतिक कार्यक्रम अन्तर्गतको कार्यक्रमका रुपमा पनि उल्लेख गर्नुभएको छ । “म यो घोषणा गर्न चाहन्छु की आगामी सन् २०२१ को जुन ६ तारिखका दिन हाम्रो देशको संसदीय निर्वाचन गरिने छ, यसमा हामी सवैको सहयोग र समर्थन हुनुपर्दछ,” उहाँले भन्नुभएको छ । 

 

टेलिभिजन सन्देशका क्रममा उहाँले अव हुन लागेको निर्वाचन समयावधिभन्दा अगाडिको अग्रिम निर्वाचन हुने पनि जानकारी दिनुभयो ।

 

उहाँले निर्वाचनका लागि आवश्यक सवै कानुन पारित गरेर अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाउन पनि आग्रह गर्नुभएको छ ।

 

 उहाँले अन्तरराष्ट्रिय पर्यवेक्षकका साथमा निर्वाचन आयोगले पर्याप्त गृहकार्य गरेर स्वतन्त्रतापुर्वक निर्वाचन गराउन पाउने पनि जानकारी गराउनुभयो । (रासस÷सिन्ह्वा)

प्रतिकृया दिनुहोस