• शुक्रबार-बैशाख-७-२०८१

कांग्रेसमा नयाँ समीकरणको नाटक गर्दै गगन 

 


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आगामी २०७७ फागुनमै महाधिवेशन गर्ने निर्णय गरेको छ । निर्णय यस्तो भए पनि दुई कारणले महाधिवेशन निर्धारित समयमा नहुने हो कि भन्ने लख काटिएको छ । पहिलो–उही विश्वव्यापी बनेको कोरोना भाइरस महामारी र अर्को सभापति शेरबहादुर देउवाको स्वार्थ । 


२०७७ फागुनमा महाधिवेशन हुनेमा स्वयं कांग्रेसीहरू आश्वस्त हुन नसके पनि कांग्रेसभित्रको तेस्रोधार सक्रिय देखिन थालेको छ । महाधिवेशनमा देउवा र कोइराला परिवार आ–आफ्नो रणनीति बनाएर अघि बढ्ने भए पनि तेस्रोधार(शेरवहाुर देउवाकै सहयोगी) अहिलेदेखि नै सक्रिय बन्न थालेको हो । देउवालाई निर्वाचन जिताउन अघिल्लो महाधिवेशनबाट तेस्रो धार जन्माएका गगनकुमार थापाले यसपटक सभापति मै उम्मेदवारी दिने घोषणा गरेका छन् ।


  सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका गगन नयाँ समीकरण निर्माणमा समेत जुटिरहेको बताइन्छ । नयाँ समीकरणमा संस्थापन पक्षकै नेतालाई समेत तान्ने प्रयासमा गगन लागेको नाटक गर्दैैछन् ।

 

गगन स्वयंले संस्थापन र त्यसबाहिरको समूह समेटेर आफूले नयाँ समीकरण बनाउन लागेको स्वीकारेका छन् । तर उक्त समूहमा को–को समेटिंदै छन् भन्नेबारे उनले केही बताएका छैनन् ।

 

तथापि, उनलाई साथ दिएका यसअघिका र संस्थापनतर्फका केही असन्तुष्टहरूलाई समेटेर उनले नयाँ  समीकरण निर्माण गर्न लागेको बताएतापनि पहिलो चरणमा शेरवहादुर देउवाले २/३ जना उम्मेदवार खडा गर्ने र ५१ प्रतिशत मत कसैको पनि पुग्न नदिने अन्तिम अथवा दोस्रो पटक आफूले जित्ने खेल अनुसार गत महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार बनेर दाेस्राे राउण्डमा देउवालाई जिताएका थिए । त्यसैगरी  यस पटक पनि  शेरवहादुर देउवालाई नै जिताउन सिटाैला समूहबाटै  गगन थापाले  नाटक  सुरु गरेकाे  देउवाका विपक्ष कांग्रेस नेताहरू चर्चा गर्दछन् ।

प्रतिकृया दिनुहोस