• शनिबार-बैशाख-१५-२०८१

जय कोरोना ! तेत्तीस वर्षपछि दश पास !!

 

कोरोना भाइरस महामारीका विश्वका मुलुकहरूले धेरै कुरामा राहत दिने घोषणा गरिरहेका छन् । यस्तै भारतको हैदराबाद राज्य सरकारले पनि कोरोना भाइरसजस्तो संक्रमणलाई फैलिन नदिन सबै विद्यार्थीलाई पास गराउने निर्णय गरेको छ । यस्तै भाग्य चम्किनेमा पर्दछन् ५१ वर्षीय मोहम्मद नुरुद्धीन । खबरका अनुसार यी व्यक्ति ३३ वर्षदेखि फेल हुँदै १० को परीक्षा दिइरहेका थिए ।

 

यसवर्ष भने सरकारको निर्णयपछि यी व्यक्ति पास हुन् सफल भएका हुन् । खबरका अनुसार नुरुद्धीनले सन् १९८७ देखि लगातार १० को परीक्षा दिँदै आएका थिए । कोरोनाका कारण विश्वकै नियमित शिक्षा प्रणालीमा ठूलो प्रभाव पारेको छ । कोरोना संक्रमण यी वृद्धका लागि भने उपलब्धि बन्न पुगेको छ । 

प्रतिकृया दिनुहोस