• शनिबार-बैशाख-१५-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

कोरोना महामारी विरुद्ध सरकारले दिलाउन नसकेको भरोसा
र, सत्तारुढ दलभित्र आए दिन देखिएको किचलो
दुबैमा सालाखाला एउटै थोक फेला पार्न सकिन्छ, नक्कचरोपन ।
सरकार संचालन गर्नेहरूले कोरोनाका सन्दर्भमा देखाउन नसकेको सामथ्र्य र पारदर्शिता
सरकारी सामथ्र्यको यो हदसम्मको निर्लज्जता आँखा छोप्नु पर्ने भएको छ ।
सत्तारुढ पार्टीमा चलेको सहमतीय र विधान पद्धतिको किचलो
कम्युनिष्टहरूको यो हदसम्मको नक्कचरोपन लाजै छोप्न नसक्ने गरि उदा¨िएको छ ।
यो सबमा निरपेक्ष बसेर एउटा स्तम्भकार
अब कसको बारेमा चासोको विषय उठाउँं भनेर सोच्दछ, नि ।
उसलाई सरकारमा बस्नेहरू र पार्टीभित्र कचिड्डल उठाउनेहरू, दुबै
भुँइ मान्छेका लागि लगभग हात्ती छाप जस्तै लाग्दछ ।
सरकार सत्तञ्चालन गर्नेहरूमा देखिएको यो हदसम्मको लबस्तरिपनले
धेरैलाई झस्काएको छ, कतै यो कुखुरा चोर्ने स्याल बुद्धि त होइन ।
कोरोना व्याधीले सरकारलाई जहाँ पु¥यायो
त्यै हदमा सरकारसित भुँइ मान्छेको दुरि बनेको छ ।
सरकारी सूचना र प्रयत्नमा आम मानिस फिटिक्कै पछि लागेनन् ।
सत्तारुढ नेकपाभित्रको कालोबजारी कृयाकलापहरूले त
नेपाली राजनीतिमै गंभीर प्रश्न गह्रुड्डो बनायो ।
व्यापारीहरूमा प्रचलित सिन्डिकेटिज्म सल्केको त होइन ।
बहुमतीय पद्धति स्वीकार नगर्ने अहंकारी प्रधानमन्त्रीको जिराहपनले
जबजलाई ठाउँका ठाउँ मिस क्यारेज गराएको छ ।
र, पार्टी एकीकरणले निर्दिष्ट गरेको पद्धतिलाई पन्छ्याउन नखोज्ने विरोधी समूहले
पार्टीको विधानलाई गोरु जुधाईमा सु सु गर्ने गोरु बनाएका छन् ।
सरकार सञ्चालन र दलीय बिन्यास दुबै आजको दिनमा भत्किएका छन ।
सबभन्दा पहिला जबजको लागि ज्यान फालनेहरूले कति बुझेनन् भने
प्रतिस्पर्धात्मक बहुमतीय प्रणाली जबजको ‘पाराडाइम’ हो ।
र, जबजको व्याख्याता भएर डोरो जनै बाँडि हिंड्ने हाम्रा प्रधानमन्त्री 
यो पाराडाइमबाट निस्केको बिघौती चाहिं खानु हुन्छ ।
तर त्यसमा अन्तर्निहीत पद्धति अस्वीकार गर्नु हुन्छ ।
यता, जबजको खैंजडी बजाउने अर्को समूह
पार्टी एकताताका दुईवटा अध्यक्ष राख्दा ताली पड्काउने
र, एकीकरणमा सहमतिको वेग आउँदा पिसाब लाग्ने ।
मेरो विचारमा,
दुबैथरिले आफ्नो होस् हवास गुमाएका छन् ।
दुबैको छहरे ठाँटी गोरु जुधाउने अखाडामा भुँइ मान्छेलाई तमासे चाहिं बनाइनु हुन्न ।
नेपाली राजनीतिको गोरु जुधाईको यो तमास 
अन्तत्वगत्वा बकम फुस्से तुजुक र बाइफाले संगति बाहेक केही होइन ।
आजको दिनमा,
सरकार सञ्चालन गर्ने क्षमतामा कम्युनिष्टहरू पराजित भएका छन ।
ती खुद्रे, झिड्डे स्वार्र्थमा खुदोमा अल्झेका माखो भा‘छन । 
पार्टीको संगठन मुसलमान जातिले बनाउने कागजी दाहा मात्रै भएको छ  ।
एउटा सानो हुरीमा सबै तहस नहस हुने ।
न विधान, न अनुशासन न नैतिकता नै ।
सबका सबको वर्णबिन्यास च्यातिएको छ ।
यो कँुइनेटोमा,
जबज कम्युनिष्टबाट हारेको छ ।
मदन भण्डारी रगत छाद्ने गरि हारेका छन ।
उनले परिकल्पना गरेको प्रतिस्पर्धात्मक र बहुमतीय पद्धतिमा सामेल हुने विधि हा¥यो ।
बार्दलीबाट फालेको पैसा टिप्ने बानी परेका हाम्रा राजनीतिकर्मीहरूबाट
पिप्लामेन्ट खाने बुद्धि बाहेक अरु सोच्न पनि सकिन्न ।
योभन्दा बढ्ता भरोसा गर्नु
कम्युनिष्टहरूले चैते दशैंमा माडीमा राममन्दिर बनेको देख्नु जत्तिकै हो । 
हन, नक्कचरोको ओखति कहाँ पाइन्छ हँ ?
एउटा मेलम्चीले तिमलाई
हिंजडा बनाएको पुगेन ?

 

प्रतिकृया दिनुहोस