• शुक्रबार-बैशाख-७-२०८१

मेस्सीको कोरोना रिपोर्ट नेगेटिभ, प्रशिक्षणमा फर्किए 

अन्ततः लियोनल मेस्सी अभ्यासमा फर्किएका छन् । कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि बार्सिलोनामा आबद्ध मेस्सी प्रशिक्षणमा फर्किएका हुन् । 


कोरोना कहरपछि रोकिएको प्रशिक्षण बार्सिलोनाले गत सातादेखि सुरु गरेको थियो । तर मेस्सीले क्लब छाड्न निवेदन दिएकाले सहभागी थिएनन् । 


मेस्सीले पुनः १ वर्ष बासिलोनामै रहने निर्णय गरिसकेका छन् । बार्सिलोनामै रहने निर्णय गरेका मेस्सीलाई कोरोना परीक्षण गराएर प्रशिक्षणमा फर्काइएको हो । 


मेस्सीले अब रोनाल्ड कोम्यानसँग प्रशिक्षण गर्नेछन् । कोम्यान नयाँ प्रशिक्षक हुन् । 

प्रतिकृया दिनुहोस