• शुक्रबार-बैशाख-७-२०८१

नागरिक लगानी कोषको कर्जाको भुक्तानी नेपाल बैंकबाट

 
काठमाडौं । नागरिक लगानी कोषबाट लिएको कर्जा सापटीको ब्याज तथा साँवा भुक्तानी अब नेपाल बैंक लिमिटेडबाट गर्न सकिने भएको छ । 


दुईबीच कारोबार गर्ने सम्झौता भएसँगै कोषसँगको कारोबार नेपाल बैंकमार्फत गर्न सकिने भएको हो । 




कोषबाट लिएको कर्जा सापटीको ब्याज, साँवा (आंशिक वा चुक्ता) भुक्तानी गर्न चाहेमा अब नेपाल बैंक लिमिटेडका कुनै पनि शाखामार्फत रकम जम्मा गर्न सकिने नेपाल बैंक लिमिटेडले जनाएको छ । 
  

प्रतिकृया दिनुहोस