• शुक्रबार-चैत-१६-२०८०

पूर्वबेलायती राजदूतको निधनले कूटनीतिक क्षेत्र स्तब्ध

अमेरिकी राजदूत बेरीले भने– अलबिदा मोरिस 

 

काठमाडौं । एलिस होल्ट जंगलमा गत अगस्ट ३१ मा भेटिएको शव नेपालका लागि बेलायतका पूर्वराजदूत रिचार्ड मोरिसको भएको पुष्टि भएको छ । 


मोरिस बेपत्ता भएको १७ हप्तापछि हेम्पसायर प्रहरीले शव पहिचान गरेको हो ।  


शव पहिचान भएसँगै उनको परिवारले अन्त्येष्टि गरेका छन् । 


२०२० मे ६ मा मर्निङवाकका लागि निस्किएका मोरिस बेपत्ता भएका थिए । उनी बेपत्ता भएलगत्तै खोजी थालेको हेम्पसायर प्रहरीले अगस्ट ३१ शव भेटेको थियो । जुन मोरिसको रहेको पुष्टि भएको छ । 


मोरिसको निधनले कूटनीतिक क्षेत्र स्तब्ध बनेको छ । नेपालका लागि   अमेरिकी राजदूत र्यान्डी बेरीले मोरिसको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ‘गहिरो दुःखका साथ मेरो मित्रलाई अलबिदा भन्न चाहन्छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

 

 

 

मोरिसले असल कूटनीतिज्ञ बनाउन सहयोग गरेको उल्लेख गर्दै बेरीले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । 


रिचार्डले सन् २०१५ देखि २०१९ सम्म बेलायती राजदूतका रूपमा नेपालमा काम गरेका थिए।


बेपत्ता हुनु केही अघि मात्रै उनलाई फिजीका लागि राजदुत नियुक्त गरिएको थियो।


दिवंगत मोरिस निकै भद्र, शालीन र कुशल कूटनीतिज्ञ मानिन्थे । उनको निधनबाट एक असल कूटनीतिज्ञ बेलायतले गुमाएको छ । 

प्रतिकृया दिनुहोस