• शुक्रबार-चैत-१६-२०८०

संसारकै एक मात्र उँट अस्पताल

 

हामीले विभिन्न पशुपन्छीहरूको अस्पतालहरूको बारेमा सुनेकै हौं । यस्तै मध्ये एक हो उँट अस्पताल, जहाँ केवल उँटहरूको मात्र उपचार गरिन्छ । दुबईको क्यामेल हस्पिटलले यसैकारण आफ्नो बेग्लै पहिचान बनाएको छ । यस अस्पताल बनाउनका लागि एक अर्बभन्दा बढी खर्च भएको बताइन्छ । सन् २०१७ मा निर्माण सुरु गरिएको यो अस्पतालमा ओमनदेखि युएईसम्मका उँटहरू उपचारका लागि ल्याउने गरिन्छ । क्यामेल अस्पतालमा ६५ मेडिकल स्टाफहरू रहेका छन्, जसमा विदेशी विशेषज्ञको टिम पनि रहेको छ ।

 

यहाँ एक पटकमा २२ उँटको उपचार गर्न सकिन्छ । यस अस्पतालमा एउटा पाँच मिटर उचाईको इन्डोस्कोपी मेशीन जडान गरिएको छ । यस्ता इन्डोस्कोपी विश्वमा केवल ३ वटा मात्र रहेको बताइन्छ । एक मेशीन अमेरिकामा रहेको छ जसको प्रयोग ह्वेल माछाको उपचारको लागि प्रयोग गरिन्छ भने दोस्रो जिराफको इन्डोस्कोपीको लागि प्रयोग गरिन्छ ।

 

दुबईमा हुने ऊँट दौड विश्वभर नै चर्चित छ । दौड जित्नेलाई अर्बाैंको इनाम दिइने गरिन्छ । यसरी म्याराथनमा घाइते भएका उँटको उपचार गर्नका लागि विशेषगरी क्यामेल अस्पताल निर्माण गरिएको हो । 

प्रतिकृया दिनुहोस