• शनिबार-बैशाख-८-२०८१

काेराेनाका अवसर छाेप्दै अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा  गैरकानूनी धन्दा !

मास्टर प्लान र नियम  विपरीत अन्तर्राष्ट्रिय संग्रहालय भित्र नै जाँड खाने बार पनि संचालन

 

काठमाडाैं ।  नेपाल पर्वतारोहण संघको विधान अनुसार वर्तमान कार्यसमितिकाे पदावधि २०७७ भाद्र महिनामा समाप्त भएकाे छ ।  प्रत्येक आर्थिक वर्षको भाद्र महिनामा हुने केन्द्रीय वार्षिक साधारण सभाबाट  नीति तथा कार्यक्रम अनुमोदन भएपछि विकास निर्माण कार्य अगाडि बढाउने व्यवस्था रही आएको छ । ने. क. पा. समर्थकहरूकै  बहुमत  रहेकाे केन्द्रीय कार्य समितिले नेपाल पर्वतारोहण संघमा स्वेच्छाचारी कार्यहरु गरिरहेको गुनासाे प्राप्त भएकाे छ । यसको ज्वलन्त उदाहरण पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा निर्माण कार्य अगाडि बढाएबाट पुष्टि हुन्छ । 


   संघको विधान अनुसार केन्द्रीय वार्षिक साधारण सभा नै नभएको अवस्थामा कुन विधानलाई टेकेर लाखौं खर्च गरी रेष्टुरेन्ट मर्मत गर्न लागिएको हो भन्ने सम्वन्धमा असन्तुष्ट केन्द्रीय कार्य समिति सदस्यहरु बीच गोप्य छलफल, बैठक समेत भै रहेको थाहा  भएकाे छ ।

संघको वार्षिक साधारण सभा हुन नसकेको अवस्थामा साधारण खर्च मात्र गर्ने परिपाटी रही आएकोमा वर्तमान कार्य समिति आफ्नो पदावधि समाप्त भएपछि पनि लाखाै लाख खर्च गरेर  विकास निर्माण कार्य अगाडि बढाउनुकाे कारण मात्र व्यक्तिगत स्वार्थ  रहेको स्राेत बताउछ ।

 

काेराेनाकाे अवसर छाेपेर  पर्वताराेणबाट प्राप्त राेयल्टीमा मस्ती गर्न ठूलो आर्थिक चलखेल भएको आशंका व्यक्त गर्दै  केन्द्रीय कार्य समिति सदस्यहरु बीच छलफलको विषय बनेकाे स्राेत बताउछ । 


कार्यसमितिका सदस्यहरूका अनुसार,  संघका कोषाध्यक्षको कुटिल रणनीति अनुरुप संग्रहालय परिसरमा रहेको गाेर्खा भिलेज  रेष्टुरेन्ट संचालनका लागि १० वर्ष भाडामा दिन विज्ञापन दिने र उक्त रेष्टुरेन्ट संचालन कोषाध्यक्षको अनन्य मित्र राम चन्द्र कार्कीले हात पारेपछि २५ वर्ष भाडामा दिने प्रस्ताव केन्द्रीय कार्य समितिबाट पारित गराउने असफल प्रयास भएको थियो । निज कार्की अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिको सल्लाहाकार समेत रहेको र उनले नै  रेष्टुरेन्ट संचालन गर्ने जिम्मा पाउनु एक किसिमको नीतिगन भ्रष्टाचारका  रूपमा लिइएकाे  छ ।

 

(मास्टर प्लान र नियम िवपरीत अन्तर्राष्ट्रिय संग्रहालय भित्र नै जाँड खाने बार पनि संचालन)

उक्त प्रयास विफल पछि विना कुनै योजना, कार्यक्रम रेष्टुरेन्ट मर्मत अगाडि बढाएको छ । गाेर्खा भिलेज  रेष्टुरेन्ट संचालनका लागि गरिएको सम्झौताको केन्द्रीय कार्य समितिमा दफाबार छलफल समेत नगरी गुपचुप तारिकाले गरिएको सम्झौताका विषयमा पनि संघमा हाल   चर्को विवादकाे विषय भएको स्राेत बताउछ ।

 

  स्राेत भन्छ,  रेष्टुुरेन्ट संचालनको लागि बोलपत्र आव्हान गर्दादेखि नै चलखेल भएको महसुस गरिएको छ । पत्रिकामा प्रकाशित बोलपत्र विज्ञापनमा रेष्टुुरेन्टले कति क्षेत्रफल ओगट्ने भन्ने पनि  स्पष्ट रुपमा उल्लेख गरिएको छैन । जसले गर्दा रेष्टुुरेन्ट संचालकले संग्रहालय परिसरमा आफूलाई चाहिए अनुसार रेष्टुुरेन्टको परिधि बढाउन सक्ने स्पष्ट हुन्छ । यस बुँदालाई नै आधार बनाएर संग्रहालय हाता भित्र अवस्थित जीवन्त संग्राहलय, सोभिनियर सपलाई रेष्टेरेन्ट संचालकले रेष्टुरेन्टको एक भागको रुपमा लिई निर्माण कार्यहरु अगाडि बढाएको छ ।

 

(मास्टर प्लान र नियम िवपरीत अन्तर्राष्ट्रिय संग्रहालय भित्रकाे निर्माण भएकाे संरचना)

 

यसरी हुँदैछ अनियमित काम 

 

०  रेष्टुुरेन्ट संचालक रमाचन्द्र कार्की अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सल्लाहाकार रहेको र निजले नै रेष्टुुरेन्ट सचालन गर्ने ठेक्का पाएको छ । यसले Conflict of interest  देखाउँछ र यो एक किसिमको नीतिगत भ्रष्टाचार मानिन्छ ।

 

०   सम्झौतामा संगहालयभित्र जानेलाई खानेकुरा र पिउनेकुरा बाहिरबाट लग्न बर्जित गरिएको छ । यस बुँदाले संग्रहालयका आम्दानीमा दीर्घकालीन असर पर्ने देखिन्छ । संग्रहालयको आम्दनीको प्रमुख श्रोत विद्यार्थी नै भएको र ती विद्यार्थीहरुमा उक्त रेष्टुुरेन्टमा गएर खान सक्ने हैसियत नहुन सक्छ । जसको प्रत्यक्ष असर विद्यार्थीहरुको संख्या घट्न गई संग्रहालयको आम्दानीमा नकारात्मक असर पर्ने देखिन्छ ।

 

० संग्रहालय र यसले ओगटेको क्षेत्र संघको स्वामित्व अन्तरगत रहेको हुनाले संग्रहालय भित्र खाना दिने /नदिने अधिकार संघको रहेको हुन्छ । तर सम्झौतामा उक्त बुँदा राखिनाले संघले आफ्नो अधिकार रेष्टुुरेन्ट संचालकलाई सुम्पेको स्पष्ट  हुन्छ । अब उप्रान्त संघले रेष्टुुरेन्ट संचालकको अनुमितमा मात्र संग्रहालयमा खाना दिने / नदिने निर्णय गर्न सक्नेछ । यसको नियत रेष्टुुरेन्ट मात्र चलाउन दिने नियत प्रष्ट देखिन्छ । संघले आफ्नो अधिकार रेष्टुुरेन्ट संचालकलाई दिनु शंकास्पद एवं अर्थपूर्ण रहेको छ ।

 

०  बोलपत्र विज्ञापनमा रेष्टुुरेन्टले ओगट्ने क्षेत्रफल स्पष्ट रुपमा उल्लेख नगरेकोले संग्रहालय परिसरमा रेष्टुरेन्ट संचालकले जथाभावी गुरुयोजना विपरीत निर्माण कार्यहरु अगाडि बढाएको छ । यस किसिमले गुरुयोजना विपरीत निर्माण कार्यले संघका केन्द्रीय कार्य समितिमा ठूलो विवाद ल्याएको छ ।

 

०  सम्झौतामा स्थानीय प्रशासनले तोकेको समयसीमा भित्र रेष्टुुरेन्ट संचालन गर्न सकिनेछ भन्ने उल्लेख गरिएको हुनाले रेष्टुुरेन्ट रातिसम्म संचालन गर्न  सकिनेछ । यसको प्रत्यक्ष प्रभाव संग्रहालयको सुरक्षामा पर्ने देखिएको छ । रातको समयमा रेष्टुरेन्टे संचालन गर्दा रेष्टुरेन्टको सुरक्षामा पार्न  सक्ने प्रभावका सम्वन्धमा कार्य समिति गम्भीर भएको देखिदैन ।

 

यसरी संग्रहालयमा अनियमित कार्यहरु हुँदा पनि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालया समिति मौन रहनु अर्थपूर्ण रहेको छ ।

 

प्रतिकृया दिनुहोस